असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् । सहकारी बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले असीमित बचत सङ्कलन मुख्य समस्या रहेको बताएका हुन् ।
भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको, अन्यथा ढङ्गले बचत सङ्कलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारी स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखा परेको गभर्नर अधिकारीले बताएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
सभापति थापाले बैठकमा बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए । उनीहरुले सहकारीका समस्या समाधानका लागि नियामकीय निकाय बनाउनुपर्ने र एउटै कर्जा सूचना केन्द्र आवश्यक भएको सुझाव दिनुभएको सभापति थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर