जावलाखेलस्थित ऐतिहासिक जरुँहिटी पुनःनिर्माण

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित ऐतिहासिक धारा (जरुँहिटी) पुनःनिर्माण गरेर सञ्चालनमा ल्याएको छ। महानगरले उक्त स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा धारा भेटिएको थियो । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत शैलीमा सो धारा पुनःनिर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए ।

उनको अनुसार हाल ललितपुर महानगरपालिका र समाजको सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रूपमा सञ्चालन गरिएको छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले समाजले नै धाराको संरक्षण गर्ने बताए । महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफूहरू खुशी भएको स्थानीय रामकुमार पन्तले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर