बागमतीमा एमालेका मन्त्रीहरूको सामूहिक राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले आज सोमबार सामूहिक राजीनामा दिएका छन् । नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका हुन् । गत चैत्र १७ गते माओवादी केन्द्रका जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो । अब मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलस्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ गरी पाँच जना मन्त्रीले आआफ्नो पदबाट राजीनामा दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर