इङल्याण्ड युरोकपको सेमिफाइनलमा

काठमाडौं ।  इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ। जारी युरोकपको क्वार्ट रफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए।

यस अघि निधारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्विट्जरल्यान्डका ब्रील एम्बोलोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए। यो जितपछि अब इङल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ। त्यस्तै अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन्। हारसँगै स्विट्जरल्यान्ड भने युरोकपबाट बाहिरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर