पर्वतमा पहिरोले पुरिँदा दुईजना बेपत्ता, खोजी कार्य तीव्र

काठमाडौं । पर्वतमा निरन्तर परेको वर्षाले पहिरो खसेर घरगोठ बगाउँदा पर्वतमा दुई जना बेपत्ता भएका छन्। पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार दिउँसो पहिरोले झलक पौडेलको घर पुरिँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए।
रभन्दा एक सय मिटरमाथिबाट खसेको पहिरोले ४० वर्षीय झलक पौडेल र अन्जादी ३५ वर्षीया तुलसीप्रसाद शर्मा बेपत्ता भएका हुन्। अहिले उनीहरुको खोजी भइरहेको भुसालले बताए। पहिरोबाट गोठमा रहेको पशुसमेत बेपत्ता भएको प्रहरीले जनाएको छ। (तस्बिरः सांकेतिक)
प्रतिक्रिया