प्रधानमन्त्री प्रचण्डको अवस्थाः “ओलीको नामै सुन्न चाहन्नन्”

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत नपाएको खण्डमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनोस् भनेर सदभाव व्यक्त गरेको कोइराला निकट सूत्रले उल्लेख गरेको छ । प्रचण्ड एमालेका अध्यक्ष ओलीको नाम पनि सुन्न नचाहेकाले उनले कोइरालासमक्ष देउवाको नाम अगाडि सारेको बताइएको छ । उता कोइरालालले प्रधानमन्त्रीसँग खाज शनिबार बिहान भेट भएको स्वीकार्दै यो भेटघाट सामान्य भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर