ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा इन्स्पेक्टर उमेश थापा मृत अवस्थामा भेटिएको बताइएको छ । मृत्युको कारण खुल्न सकेको छैन । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर