विपी राजमार्ग र सिस्नेरी दक्षिणकाली सडक अवरुद्ध

काठमाडौं ।  अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । यस्तै गोलन्जोर गाउँपालिका-६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण हाल देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । सडक विभागका अनुसार ४८ राजमार्ग एकतर्फी मात्र चलेका छन् । डुम्रे-वेशीशहर-चामे सडक ३ ठाउँमा र उत्तर-दक्षिण कालिगण्डकी लोकमार्ग आयोजना पनि दुई ठाउँमा अवरुद्ध रहेको विभागले जनाएको छ ।

यसैगरी हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर