रणनीति तय गर्न कांग्रेस-एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र नयाँ सरकार गठनलगायत राजनीतिक परिस्थितिबारे छलफल गर्दै कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराइने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडान लिएर संसद् ‘फेस’ गर्ने तयारीमा अघि बढेपछि नेकपा एमालेले पनि संसदीय दलको बैठकमा छलफल गर्ने भएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर