जसपा (राई) का मन्त्रीद्वयले राजीनामा बुझाए

काठमाडौं ।  जनता समाजवादी पार्टी (अशोक राई) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीद्धय प्रदीप यादव र नवलकिशोर सुँडीले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई हिजो शुक्रबार साँझ बालुवाटारमा भेटेरै राजीनामा बुझाएका हुन् । यादव स्वास्थ्यमन्त्री थिए भने सुँडी वन तथा वातावरणमन्त्रीको भूमिकामा थिए । जसपा कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सामेल हुने तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर