पोखरीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु

काठमाडौं । धनुषामा सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका-५ बहुअर्वास्थित घुघाईरका अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुनको बिहीबार दिउँसो मृत्यु भएको हो। डुबेर अशक्त भएका उनीहरू मध्ये मुस्कानको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने जिनत र अजमेरीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर