प्रधानमन्त्री प्रचण्डलाई एमालेको चेतावनी

काठमाडौं ।  नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको छ। एमालेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको र  अल्पमतमा परेको सरकारबाट दिर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न /नगराउन भनेको हो।

एमाले महासचिव शंकर पोखरेलको हस्ताक्षरमा जारी  विज्ञप्तिमार्फत् राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत  प्रधानमन्त्री ‘प्रचण्ड’ लाई अनुरोध गरिएको छ।

‘संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गर्दछ, ‘विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर