प्राकृतिक प्रकोपबाट पच्चीस दिनमा ४५ जनाको मृत्यु

काठमाडौं । यस वर्ष नेपालमा मनसुन भित्रिएको पच्चीस दिनको अवधिमा प्राकृतिक प्रकोपबाट ४५ जनाले ज्यान गुमाएका छन् भने आठ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ । जलवायुविज्ञ डा. धर्म उप्रेतीका अनुसार नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म अत्यधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

जलवायुविज्ञ उप्रेतीले आगामी साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए । उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको बताउनुभयो । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने चार सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर