वैदेशिक रोजगार न्यायाधीकरण भक्तपुरमा सारिने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित वैदेशिक रोजगार न्यायाधीकरण भक्तपुरमा सार्ने भएको छ। सर्वोच्च अदालतको व्यवस्थापन समितिले न्यायाधीकरणलाई भक्तपुरस्थित जिल्ला अदालतको पुरानो भवनमा सार्ने निर्णय गरेको न्यायाधीकरणका रजिष्ट्रार दिनेश आचार्यले बताए। आगामी आर्थिक वर्षदेखि भक्तपुर सार्ने निर्णय सर्वोच्चबाट भएको उनले जानकारी दिए।

हाल श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड, विशेष सरकारी वकिलको कार्यालय, न्यायाधीकरण सबै सम्बन्धित निकाय नजिक छन्। अब न्यायाधीकरण भक्तपुर सारिँदा बाहिरी जिल्लाबाट काठमाडौं आएका सेवाग्राहीलाई त्यहाँसम्म धाउन सास्ती हुने एकथरीले बताउन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर