प्रचण्डको अस्थिर चरित्र उनका लागि बाधा : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्रका कारण कांग्रेस–एमालेको गठबन्धन बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेसको प्रतिपक्षमा नै बस्ने चाहना भएपछि प्रचण्डका कारण त्यो सम्भव नभएको बताए । ।
प्रचण्डले कांग्रेससँग फेरि नयाँ खालको लसपस सुरु गरेको आरोप लगाउँदै भने, “यस्तै, फेरि प्रचण्डले एमालेसँग पछिल्लो पटक गठबन्धन गरेपछि पनि दायाँबायाँ गर्न खोजेको थिए । कांग्रेससँग लसपस थाहा पाएर एमाले पनि झस्किँदा अहिलेको परिस्थिति निर्माण भएको हो । प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर