आईपीएलमा दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

गुजरात र लखनउबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको गुजरातले १० खेलमा १४ अंक जोडेको छ ।

गुजरात आज आठौं जित निकाल्न चाहन्छ ।

लखनउ १० खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लखनउ सातौं जितको योजनामा हुनेछ ।

अर्को खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावादबीच खेल हुनेछ ।

राजस्थान र सनराईजर्सबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

राजस्थान छैटौं जित निकाल्न चाहन्छ ।

राजस्थान १० खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सनराईजर्स ९ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर