सुनको मूल्य बिहीबार एकैदिन १६ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार एकैदिन एक हजार ६०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज ४२ हजार ३०० मा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ४३ हजार ७०० रुपैयाँ मूल्य पुगेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो  एक हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर