प्रचण्डलाई टेवा दिन रास्वपा सरकारमै रहने

काठमाडौं । सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोककुमार चौधरीले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

उनका अनुसार पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रहने नरहनेबारे पार्टीमा छलफल जारी छ अहिलेलाई भने यथावत् नै हुने बताए । पार्टीबाट गृहसहित चार जना मन्त्री सहभागी छन् । नेकपा एमाले बुधवार सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताबिचको बिहीबार बिहान प्रधानमन्त्रीसँग छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै आफूले संवैधानिक अधिकार प्रयोग गर्ने बताए ।

छलफलका सम्बन्धमा रास्वपाका एक नेताले भने, ‘प्रधामन्त्रीले म विश्वासको मत लिन्छु। सदनलाई फेस गर्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्छु भन्नुभयो। अहिले राजीनामा नगरिदिनुहोस् भन्नुभयो । हामीले तपाईंको संवैधानिक अधिकारको सम्मान गर्छौं। त्यसो हो भने तपाईं चाँडै गर्नुहोस् भनेर भन्यौँ। उहाँले विश्वासको मत चाँडै लिनुपर्‍यो। हामी त्यतिबेलासम्म उहाँलाई साथ दिन्छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर