बाइडेनले राष्ट्रपतीय उम्मेदवारी नछाड्ने

काठमाडौं ।  अमेरिकी राष्ट्रपति जो वाइडनेले डेमोक्रेटिक पार्टीका नेताहरूलाई फोन गरेर आफूले राष्ट्रपति पदको उमेदवारी नछोड्ने बताएका छन् । उनी बुधबार उपराष्ट्रपति कमला ह्यारिससँग ह्वाइटहाउसमा क्लोज डुअर लन्चमा सामेल थिए । उनले आफ्नो क्याम्पेनमा संलग्न डेमोक्रेटिक नेता तथा कार्यकतालाई फोन गरेर  उमेदवारी नछोड्ने बताएका हुन् ।

उनले उपराष्ट्रपति ह्यारिसलाई उमेदवारी छोड्ने अनुमान गरिँदै आएको थियो । उक्त अवसरमा ह्यारिसले पनि राष्ट्रपतिमा बाइडेनलाई आफ्नो समर्थन कायम रहेको दोहोर्याएकी थिइन् । स्रोतले बताएअनुसार बाइडेनले फोनमा भनेका थिए, “म डेमोक्रेटिक पार्टीको उमेदवार हुँ । मलाई कसैले पनि हटाइरहेको छैन । म छोडिरहेको छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर