रास्वपाका महामन्त्री डा. मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी गरेको छ। पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो। बैठकबाट महामन्त्री ढकाल एकाएक बाहिरिएपछि अनुशासनको नाममा कारबाही गर्ने तयारी रास्वपाले गरेको छ। जसका लागि अहिले पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। ‘उहाँले अहिले बैठकबाट निस्किएर पार्टी विपरित झनै धेरै कुराहरू बोल्नुभयो, अनुशासन विभागले अब कारबाही नगरी हुँदैन भन्ने निष्कर्ष निकालेको छ’ ,सो पार्टीका एक नेताले भने ।
प्रतिक्रिया