एमालेका ८ मन्त्रीले राजीनामा दिए, प्रचण्ड सरकार अल्पमतमा

काठमाडौं ।  नेकपा एमालेबाट मन्त्री बनेका ८ जनाले सामूहिक राजीनामा दिएका छन्। एमाले मन्त्रीहरुको तर्फबाट उपप्रधानमन्त्री रघुवीर महासेठले आज बुधबार साँझ प्रधानमन्त्री प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका थिए। राजीनामा दिएपछि उनीहरुले प्रचण्डसँग सामूहिक तस्बिर पनि खिचाए थिए। प्रचण्डलाई राजीनामा बुझाउनु पहिले उनीहरु ओली निवास बालकोटमा भेला भएका थिए। एमालेले बुधबार नै राजीनामा दिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

राजीनामा दिन गएका नेकपा एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेत्तेमान सिंह राजभण्डारीको गीत सुनाएर पठाए । गीतको बोल थियो, “यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरे मैले ।” एमालेका ८ जना मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्ड सरकार अल्पमतमा परेको छ। प्रचण्डले राजीनामा भोलि स्वीकृत गर्ने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर