एमालेका मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं ।  नेकपा एमालेले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  एमाले केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले २४ घण्टाभित्र मार्ग प्रशस्त गर्न आग्रह गरे पनि प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारमा सहभागी मन्त्रीहरूले बुधबारै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाउने बताए । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिमा समर्थन गर्न प्रचण्डलाई आग्रह गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर