अख्तियारका आयुक्तको घरमा चल्यो ललितपुर महानगरको डोजर

काठमाडौं । अख्तियार दुरुपयोय आयोगका आयुक्त सुमित्रा अमात्यको घरमा आज बुधबार ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । आयुक्त अमात्यको चाकुपाटस्थित घरको गेट र पर्खाल गुठीको जग्गा मिचेर बनाइएको पाएपछि मेयर चिरिबाबु महर्जनको उपस्थिति र निर्देशनमा ललितपुर महानगरपालिकाले डोजर चलाएको हो ।
गुठीको जग्गा मिचर गेट र पर्खाल बनाएपछि गुठीयारको उजुरीमा आयुक्तको परिवार र महानगरबीच पटक-पटक छलफल हुँदा गेट र पर्खाल भत्काउन निर्देशन दिँदा पनि आयुक्त अमात्यले उपेक्षा गर्दै आएकीले आज डोजर चलाउनुपरेको ललितपुर महानगर प्रहरीको भनाइ रहेको छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गुठीको जग्गा भएको र गुठीयारले पटक-पटक अनुरोध गर्दा पनि नमानेपछि भत्काउनु परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर