सिम्रिक एअरका तीन वटा हेलिकोप्टर ग्राउन्डेड

काठमाडौँ  ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका तीन वटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ।  सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीन वटा हेलिकोप्टरलाई ग्राउन्डेड गराइएको हो ।

पछिल्लो एक महिनाको अवधिमा तीन वटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएको छ । अब ती हेलिकोप्टरको सुरक्षा जाँच गरिने छ ।

सङ्खुवासभाको भोट खोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रवार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडसिटी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर