कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक बुधबार विहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। महतका अनुसार उक्त बैठकले सोमबार मध्यरातमा एमालेसँग भएको नयाँ सरकार गठनको समझदारीलाई अनुमोदन गर्नेछ। उनले भनेका छन्, ‘स्थिरता, संविधान संशोधन र आर्थिक विकास लगायतका वृहत्तर राष्ट्रिय हितमा एमालेसँग समझदारी बनेको छ। कार्यसम्पादन समितिको बैठकले त्यो समझदारीलाई अनुमोदन गर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर