टर्की र नेदरल्यान्ड्स युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा अष्ट्रियालाई हराउँदै टर्की र गएराति भएको खेलमा रोमानियालाइ हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको हो ।

टर्कीले अष्ट्रियलाई २–१ गोलले र नेदरल्यान्ड्सले रोमानियालाई तीन गोलले हरायो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको ६६ औँ मिनेटमा एक गोल फर्कायो । यस्तै नेदरल्यान्ड्सकाे जीतमा पामा डोनिएल मालेनले दुई तथा कोडी गाक्पाेले एक गाेल गरे ।

योसँगै युरोकपको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । क्वार्टरफाइनलका अरू खेलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर