सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ
काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २० मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया