बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने मंगलबार आदेश दिएको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापालाई प्रहरीले गत शुक्रबार साँझ राजधानीको कपनबाट पक्राउ गरेको थियो ।ओली नेतृत्वको सरकारमा बादल गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको सीआइबीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर