राप्रपाले संविधान संशोधनको एजेण्डामा सघाउने

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले संविधान संशोधनको एजेण्डामा सघाउने निर्णय गरेको बैठकपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।

कांग्रेस र एमालेबीच सोमबार राति संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे लिखित सहमति भएको थियो । सहमति भने सार्वजनिक गरिएको छैन । राप्रपाले नयाँ सरकारमा सहभागीता जनाउनेबारे पछि निर्णय लिने शाहीले जानकारी दिए । ‘हामी संविधान संशोधनको पक्षमा छौँ। नयाँ सरकारबारे परिस्थितिको मूल्याकंन गरेर मात्रै पछि निर्णय लिन्छौँ,’ शाहीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर