साल्टको विष्फोटक ब्याटिङमा बेंग्लोरमाथी दिल्लीको जित

काठमाडौं । ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथी सानदार जित हात पारेको छ ।

घरेलु मैदान अरुण जेट्ली स्टेडियममा दिल्ली ७ विकेटले विजयी भएको हो ।

बेंग्लोरले दिएको १ सय ८२ रनको लक्ष्य दिल्लीले १६ दशमलब ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीको जितमा ओपनर फिलिप साल्टले ४५ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले ।

अर्का ओपनर डेविड वार्नर १४ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

राइली रोसोउ २२ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा अविजित रहे ।

मिचेल मार्श १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

अक्षर पटेल ८ रनमा अविजित रहे ।

बेंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

बेंग्लोरका युवा खेलाडी महिपाल लोमरोर र विराट कोहलीले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

लोमरोरले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रनको ईनिङ खेले । उनको यो आइपीएल करिअरको पहिलो अर्धशतक थियो ।

ओपनर विराट कोहलीले ४६ बलमा ५ चौकाको सहयोगमा ५५ रन बनाए ।

बेंग्लोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले १० दशमलब ३ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।

फाफ डु प्लेसिसले ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा आउट भए ।

दिल्लीका लागि मिचेल मार्शले २ तथा मुकेश कुमार र खलिल अहमदले समान १-१ विकेट लिए ।

दिल्ली १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ ।

बेंग्लोर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर