संविधान होइन, भ्रष्ट र अपराधी जोगाउन नयाँ समीकरण : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका छन् । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकाएक संविधान जोगाउनुपर्ने अवस्था नआएको बरू केही भ्रष्ट र अपराधी जोगाउनुपर्ने अवस्था आएको व्यङ्ग्य गरे ।
ुरातारात संविधान जोगाउनुपर्ने अवस्था कसरी आयो ? उनले प्रश्न गरे, “यो संविधान जोगाउन गरेको हो कि कसैलाई जोगाउन खोजेको हो ?” लोकतन्त्रमा बलियो प्रतिपक्षी चाहिने भएकाले कांग्रेस–एमाले मिल्नु अस्वाभाविक भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर