‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मछिन्द्र आज छैटौं जित निकाल्ने योजनामा हुनेछ । मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

एपीएफ पनि छैटौं जितको खोजीमा हुनेछ । एपीएफ १४ खेलमा १९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

संकटा आज पाँचौं जित निकाल्ने योजनामा रहेको छ । संकटा १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

आर्मी छैटौं जित निकाल्न चाहन्छ । आर्मी १४ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर