पोर्चुगल र फ्रान्स युरोकप-२०२४ को क्वाटरफाइनलमा

काठमाडौं ।  पोर्चुगल र फ्रान्स युरोकप-२०२४ को क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान सम्पन्न खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्रान्कफर्टमा भएको खेलमा निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो । पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी विफल पार्दा स्लोभेनिया ३–० ले पराजित भएको हो । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

यसअघि भएको अर्को खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर क्वाटरफाइनलमा पुगेको हो । डसेलडोर्फमा भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलको मद्यतमा फ्रान्सले जितेको हो । यसअघि जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड क्वाटरफाइनलमा पुगिसकेका छन् । युरोकप फुटबलमा आज रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर