रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप हिजो सोमबार बेलुका परेवा छहरामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी र र एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १० जनालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर