पूर्वप्रधानमन्त्री ओलीसँगको भेट अत्यन्तै सौहार्दपूर्ण : देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको छलफल सकारात्मक भएको बताएका छन् ।​​बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पदाधिकारी बैठकमा देउवाले गत शनिवार बालकोटमा ओलीसँग भएको तीन घण्टा लामो छलफल सकारात्मक भएको जानकारी गराएका हुन् । ‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्ण भेट भएको छ। सकारात्मक कुराहरू छन्,’ सभापतिको उद्धृत गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर