“एमालेका मन्त्रीहरूलाई बालकोट बोलाइएको छैन”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले पार्टीका मन्त्रीहरूलाई निजी निवास बालकोट बोलाइएको खबरमा सत्यता नभएको बताएको छ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ,’ सचिवालयले भनेको छ, ‘तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’
प्रतिक्रिया