२५ भ्रष्टाचारका काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् ।
प्रतिनिधिसभामा विविध समयमा सांसदहरूले सोधेको प्रश्नहरूको सोमबार जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘कुनै पनि (विभिन्न) कालखण्डमा भएका २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको मैले जानकारी गराइसकेको छु । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर