पहिरोबाट पाँच वर्षीय बालकको ज्यान गयो

काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ । पहिरोका कारण प्रिन्सका बुवा रमेश विक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए। प्रिन्सको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर