रन्जिता संसदीय दलको नेताबाट मुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ ।
प्रतिक्रिया