पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटरमा दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

मूल्य बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको एक सय ६६ रुपैयाँ तथा डिजेल र मट्टितेल लिटरको एक सय ५६ रुपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रुपैयाँ तथा डिजेल र मट्टितेल भाउ लिटरको एक सय ५७ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर