एमाले-कांग्रेस सरकार बन्ने राजनीतिक वृत्तमा सरगर्मी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको भेटवार्तामा संक्रमणकाली न्यासम्बन्धी विधेयकलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच शनिबार ओलीनिवास बालकोटमा भेटवार्ता भएको थियो र उक्त राजनीतिक भेटघाटमा समीकरण परिवर्तन गर्नेसम्बन्धमा गम्भीर र व्यापक छलफल भएको राजनीतिक वृत्तमा सरगर्मी फैलिएको छ । भनिन्छ, देउवाले एमाले-कांग्रेस मिलेर सरकार चलाउने र प्रथमपटक ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको छ । तर यस व्यापक र गम्भीर प्रकृतिको राजनीतिक असर पर्ने कुराको दुई ठूला दलले पुष्टि गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर