कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार तेस्रो जित

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो ।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् । यो जितपछि अर्जेन्टिनाले समूह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै समूह ए बाट क्यानडा क्वार्टरफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समूहमा दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगेको छ । योसँगै समूह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर