नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके बेचन झा पक्राउ

काठमाडौं । नक्कली  भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके भनिएका बेचन झा पक्राउ परेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो। हिजो शुक्रबार राति मात्रै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए । झाको गिरफ्तारीसँगै नक्कली भुटानी शरणार्थी प्रकरण रहस्यको पर्दा अब खुलस्त हुँदै जाने प्रहरीको भनाइ छ । प्रहरीले थापा र झालाई कडा निगरानीमा राखेको छ । आफ्नै देशका नागरिकलाई भुटानी शरणार्थी बनाउने अकल्पनीय अपराधको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर