युनियनको तालाबन्दीपछि महासंघको चुनाव अन्योल

काठमाडौं । नेपाल प्रेस युनियनले शुक्रबार राति नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। शुक्रबार राति ९ बजे महासंघ निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले तालाबन्दी गरेको हो। महासंघले २२ गते चुनाव गर्ने भनेर आज (असार १५ गते) केन्द्रीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यसूची बनाएको छ। युनियनको तालाबन्दीपछि महासंघको चुनाव के हुने हो अन्योल छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर