बालेनले बाँडेको १२ करोडमा महालेखाको प्रश्न

काठमाडौं । बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर भएको पहिलोवर्ष नेताका नामका प्रतिष्ठान, फाउन्डेसन र संघ–संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । उनले ती प्रतिष्ठान, फाउन्डेसन र संघसंस्थालाई अनुदान स्वरुप उक्त रकम आर्थिक वर्ष २०७९र८० मा उपलब्ध गरेका हुन् । २०७९ वैशाख महिनामा भएको स्थानीय तह निर्वाचनमा बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ७६७ मत ल्याई विजयी बनेका थिए । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९-८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा यसरी बाँडिएको रकमको सम्बन्धमा प्रश्न उठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर