बीआरआईको ऋणका कारण नेपाल श्रीलंका बन्ने खतरा : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) बारे सरकारले चीन र अन्य मुलुकसँग फरक–फरक कुरा गरेर कच्चा कूटनीतिक खेल खेलेको आरोप लगाएको छ । बीआरआई सम्झौतामा हस्ताक्षर गर्नेबारे सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरेको कांग्रेसको आरोप छ ।

प्रतिनिधिसभाको  बिहीबार बसेको  बैठकको विशेष समयमा निवर्तमान परराष्ट्र मन्त्री एवं कांग्रेस नेता एनपी साउदले बीआरआईमा सरकारले अत्यन्त अपरिपक्व ढंगले काम गरिरहेको बताएका हुन् । ‘चीनलाई बीआरआईमा सम्झौता कार्यान्वयन गर्न तयार छौं भनेर लगातार सन्देश दिने, त्यो अनुभूतिलाई सत्ता समीकरण बनाउन प्रयोग गर्ने काम भयो,’ साउदले भने, ‘अन्य मुलुकलाई बीआरआई रोक्न खोजिरहेका छौं भन्ने कच्चा चाल भयो भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा घट्छ ।’

सरकारले कूटनीतिक रूपमा अपरिपक्व किसिमले छिमेकी र विश्वसँग व्यवहार गरिरहेको र त्यसले कूटनीतिक क्षमता उदांगो भएको उनले बताए । ‘पृथ्वी नारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भन्नुभएको थियो । दुई ढुंगाको बीचमा रहेको डाइनामाइड पड्कियो भने चट्टानलाई क्षति पुर्‍याउन सक्छ, तर डाइनामाइड पकड्किएपछि आफू पनि बाँकी रहन्न,’ साउदले भने ।

कांग्रेसले बीआरआईबाट अनुदान लिन सकिने भएपनि महंगो ब्याजदरको ऋण अस्वीकार गर्नुपर्ने बताउँदै आएको छ । शून्य समयमा कांग्रेसकै सांसद शान्ति बिकले बीआरआईको ऋणका कारण नेपाल श्रीलंका बन्ने खतरा रहेको भन्दै ऋण लिन नहुने बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर