जहाजमा रक्सी खाई हो-हल्ला गरेपछि गायक राईलाई उडानमा रोक

काठमाडौं । दुबईमा सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको छ । राई दुबई जान लागेका थिए । अत्यधिक मदिरा सेवन गरेर बोडिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण फ्लाई दुबईले प्रहरीको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजदत्त जोशीले जानकारी दिए । उनले अत्यधिक मदिरा सेवन गरेर जहाजमा हो-हल्ला गरी त्यहाँ पालना गर्नुपर्ने नियम पालना नगरेकाले फ्लाई दुबईले प्रहरीको जिम्मा लगाएको हो ।

उनलाई छोडेर जहाज बिहीबार  दुबई उडिसकेको जोशीले बताए । जहाजमा मदिरा सेवन गर्न पाइने भए पनि अन्य यात्रुसँग होहल्ला गर्न नपाइने नियम रहेको र त्यो नियम राईले उल्लंघन गरेकाले जहाजले फिर्ता पठाएको जोशीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर