हिंसात्मक प्रदर्शन बढेपछि पछि हट्यो केन्या सरकार

काठमाडौं ।  हिंसात्मक प्रदर्शन बढेपछि केन्या सरकारले कर वृद्धि गर्ने विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय गरेका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गर्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् । उनले घोषणामा भने, ‘म यसबाट पछि हटेको छु ।’ विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो ।

संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो । प्रदर्शनकारीले राष्ट्रपतिको समेत राजीनामा मागेका थिए । प्रदर्शन झन् उग्र बन्दै जाँदा राष्ट्रपति रुतो विधेयक फिर्ता लिन बाध्य भएका हुन् । उनले प्रदर्शनकारीसँग वार्ता गर्ने पनि उद्घोष गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर