सबै जिल्लाध्यक्षको बैठक राख्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको बैठक बोलाएको छ । राप्रपाले पार्टीको सांगठनिक अवस्थाको समीक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको बैठक काठमाडौंमा बोलाएको हो । जिल्ला अध्यक्षहरुको भेला साउन १७ र १८ गते काठमाडौंमा तय गरिएको महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ्गले जानकारी दिए ।
राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरुलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बॅाकीको विवरण, नयाँ सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामावली सहितको विवरण, जिल्ला र भातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरुलाई पत्राचार गरेको महामन्त्री गुरुङ्गले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर