कोपा अमेरिका फुटबलमा इक्वेडरको पहिलो जित

काठमाडौं । कोपा अमेरिका फुटबलमा इक्वेडरले पहिलो जित निकालेको छ । बिहीबार बिहान सकिएको पहिलो खेलमा इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो । जितसँगै २ खेलमा ३ अंक बनाएको इक्वेडर गोल अन्तरका आधारमा समूह ‘बी’को शीर्ष स्थानमा छ । इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो ।

जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए । पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो । ५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अंक लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो । यो समूहमा भेनेजुएला र मेक्सिको पनि रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर